रुपचन्द्र बिष्टको जिवनी पाठ्यक्रममा राख्नुपर्छ : मन्त्री पोखरेल

विहीबार, २६ पुस २०७५, २० : ५९
रुपचन्द्र बिष्टको जिवनी पाठ्यक्रममा राख्नुपर्छ : मन्त्री पोखरेल

दामन । शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले थाहा आन्दोलनका प्रणेता रुपचन्द्र बिष्टको जिवनी पाठ्यक्रममा राखेर नयाँ पुस्तालाई "थाहा" दिनुपर्ने बताउनुभएको छ ।
‘निष्पक्ष सक्रियतको अभ्यास’ थाहा आन्दोलनका प्रणेता दिवंगत रुपचन्द्र विष्टको ८५ औं जन्मजयन्तीको अवसरमा थाहा नगरपालिकाको सम?न्वय र ‘फरक सोच’ अभियानको आयोजनामा थाहा दिवस र ‘तिर्थदास स्मृति सामाजिक सम्मान तथा सप्ताहव्यापी
कार्यक्रमलाई सम्बोधन गर्नुहुदै मन्त्री पोखरेलले आगामी बर्षदेखी नै अनिवार्य पढाउने गरि तयारी थाल्न निर्देशन पनि दिनुभयो ।
उहाँले मकवानपुर जिल्ला भित्रको स्कुलमा आउने बर्षदेखी नै रुपचन्द्र बिष्ट जिवनि पढाउने घोषणा गर्न स्थानीय सरकारलाई आग्रह पनि गर्नुभयो । रुपचन्द्र बिष्ट बारे सामाग्री तयार पार्नुस, मन्त्री पोखरेलले भन्नुभयो : म पाठ्यक्रमलाई निर्देशन दिन्छु ।
नया पुस्तामा रुदाने लाई दन्त्य कथाको नायक जस्तो बनाईन्नु हुन्न । नयाँ पुस्ता ले रुदाने को बारेमा थाहा पाउनुपर्छ । मन्त्री पोखरेलले भन्नुभयो :
उहाँको जिवनी पढाइ होस, रुदानेको सपना साकार हुनेछ ।
मन्त्री पोखरेलले विष्ट महान दार्शनिक भएको चर्चा गर्दै उहाँको जीवनीलाई स्थानीय पाठ्यक्रममै राख्न आग्रह गर्दै आफ्नो तर्फबाट पहल हुने बताउनुभयो ।

थाहा आन्दोलनका प्रणेता रुपचन्द्र विष्टको दर्शनलाई व्यवहारमा उतारे मात्र उनीप्रति सच्चा श्रद्धाञ्जली हुने पोखरेलले बताउनुभयो । विष्टको दर्शनलाई कार्यान्वयनमा ल्याउनु भन्दापनि उहाँको चर्चा गर्नेहरुको मात्र भिड बढिरहेको सन्दर्भमा रुपचन्द्र विष्ट सम्झाउने कार्यक्रमप्रति युवाहरुको सक्रियता बढ्नु सकारात्मक भएको उहाले बताउनुभयो ।

कार्यक्रममा रुपचन्द्र विस्ट स्मारक समितिका केन्द्रीय अध्यक्ष तथा राष्ट्रियसभा सदस्य रामनारायण विडारीले रुपचन्द्र विष्टलाई सम्झने खास दिनमा अल्मिल्लिनू भन्दा पनि वर्षैभरी उहाँको देखाएको बाटोमा लाग्न आग्रह गर्नुभयो ।
फरकसोचका संयोजक यादवजंग रायमाझीको सभाध्यक्षतामा भएको कार्यक्रममा मकवानपुरका प्रदेश सभा सांसद कुमारी मोक्तान, प्रेमबहादुर पुलामी ‘छिन्तु’, थाहानगर प्रमुख लवशेर विष्ट, उपप्रमुख खड्ग गोपाली , नेकपाका नेता बलराम बललगायतले रुपचन्द्र विष्टको योगदानको विषयमा चर्चा गर्नुभएको थियो ।

यसैबीच थाहा दिवस समारोहको अवसरमा ‘थाहा पत्रकारिता’ पुरस्कारबाट पत्रकार राजन दाहाल पुरस्कृत भएका छन् । उनी मकवानपुरमा रहेर डेढदशकदेखि पत्रकारिता गर्दे दाहाललाई ११ हजार १११ रुपिँया नगद सहित सम्मान गरिएको हो । थाहा पत्रकारिता पुरस्कारको पत्रकार प्रताप विष्टले सौजन्य गर्दै आएकाछन् ।
यसैबीच सोही समारोहकाबीच थाहानगरको शिक्षा क्षेत्रमा योदान पु¥याएका थाहानगरका शिक्षासेवी निरञ्जन अधिकारीलाई तिर्थदास श्रेष्ठ सामाजिक सम्मान पुरस्कार प्रदान गरिएको छ भने साहित्यक क्षेत्रमा योगदान पु¥याए वापत साहित्यकार लक्ष्मण बर्तौला ‘बिर्खे अञ्जान र जनमुखी पत्रकारितामा योगदान पुर्याए बापत रेडियो सन्देशका अध्यक्ष सुनिल खड्कालाई पनि सम्मान गरिएको छ । समारोहमा खेलकुद क्षेत्रमा अन्तराष्ट्रिय क्षेत्रमा स्वर्णपदक विजेता थाहा–१० चित्लाङका आशिष थापालाई थाहा नगरपालिकाले सम्मान गरेको छ ।
थाहा दिवसको अवसरमा फरकसोचले आयोजना गरेको विद्यालयस्तरीय विभिन्न प्रतियोगिता खेलकुद प्रतियोगिताको पुरस्कार वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस