डा.केसीलाई असजिलो भएपछि एम्बुलेन्समा राखियो

मंगलबार, २५ पुस २०७४, १३ : ५९
डा.केसीलाई असजिलो भएपछि एम्बुलेन्समा  राखियो

काठमाडौं  । अदालतको अवहेलना गरेको आरोपमा पक्राउ परेका डाक्टर गोविन्द केसीको बयान इजलासमै हुने भएको छ ।
तर, केसीको मुद्दाको इजलास भने अहिलेसम्म तोकिएको छैन । केहीबेरमा इजलास तोकेपछि इजलासमै केसीको बयान हुने अधिवक्ता सुरेन्द्र भण्डारीले बताएका छन् ।

भण्डारीसँगै केसीका पक्षमा ओमप्रकाश अर्याल, बाबुराम गिरी, दिनेश त्रिपाठी,  सुरेन्द्र भण्डारीलगायत वकिलले बहस गर्ने बताइएको छ  ।

त्यसैगरी केसीको विपक्षमा रमण श्रेष्ठ,  उपेन्द्रकेशरी न्यौपाने, श्याम खरेल, लक्ष्मण थपलिया र दीपक बिष्टले बहस गर्ने छन् ।  यद्यपी अहिलेसम्म बहसका लागि इजलास तोकिएको छैन ।

यसैवीच डा. गोविन्द केसीलाई असहज महसुस भएपछि एम्बुलेन्समा आराम गर्न दिइएको छ । सर्वोच्चको मुद्दा महाशाखाका प्रमुख नारायण पन्थीको कार्यकक्षमा राखिएका डा. केसीले केही असहज महसुस गरेको बताएपछि आराम गर्न एम्बुलेन्समा राखेर सर्वोच्च पछाडिको खालि स्थानमा राखिएको छ ।
हिजो अनसनस्थलबाटै पक्राउ परेका डा. केसीलाई आज बिहान सिंहदरवार प्रहरी वृत्तबाट सर्वोच्चमा  लगिएको हो ।

प्रतिक्रिया दिनुहोस