नारायणकाजी श्रेष्ठ भन्छन्,-'डा. केसीको गिरफ्तारी कानुनको नाममा ज्यादती'

मंगलबार, २५ पुस २०७४, १३ : २६
नारायणकाजी श्रेष्ठ भन्छन्,-'डा. केसीको गिरफ्तारी कानुनको नाममा ज्यादती'

चितवन । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीको गिरफ्तारी कानुनको नाममा गरिएको ज्यादती भएको बताएका छन् ।
उनले ट्वीट गर्दै भनेका छन्, ‘डा. गोविन्द केसीको रातारात गिरˆतारी कानुनको नाममा गरिएको ज्यादती हो । अदालतको मानहानीलाई सत्याग्रहीबिरुद्ध हतियार बनाइनु नितान्त गलत छ । फेरि दोहोर्‍याएर भन्छु, अदालत ‘भगवान’ होइन । राज्यको पुनसंरचना गर्दा न्यायालयलाई भने यथावत राखियो । त्यसको पनि परिणाम हो यो । सम्बन्धित सबैले बुझुन् ।’

अदालतको अवहेलना मुद्दामा डा. केसी पक्राउ परेका छन् । र, उनलाई अहिले सर्वोच्च अदलात उपस्थित गराइएको छ ।

प्रतिक्रिया दिनुहोस