गगन र रामशरणलाई बम हान्ने एउटै व्यक्ति

मंगलबार, २५ पुस २०७४, १० : ३६
गगन र रामशरणलाई बम हान्ने एउटै व्यक्ति

चितवन । कांग्रस नेता गगन थापा र डा.रामशरण महतलाई एउटै व्यक्तिले बम प्रहार गरेको खुलेको छ । नेत्र बिक्रम चन्द विप्लवका कार्यकर्ता राजीव स्याङतानले दुवै नेतामाथि बमले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

थापालाई बम हानेको घटनाका पक्राउ पररेका स्याङतानलाई काठमाडौं प्रहरीले नुवाकोट प्रहरीमा बुझाएको छ । थापामाथि बम हानेको मुद्दामा उनी अदालत र जिल्ला प्रशासनबाट धरौटीमा छुटेपछि नुवाकोट पठाइएको हो ।  

नुवाकोटका प्रतिनिधिसभा सदस्य क्षेत्र नं १ का काँग्रेस उम्मेदवार डा रामशरण महत र प्रदेश नंं ‘ख’ का उम्मेदवार रमेश महतलाई लक्षित गर्दै  स्याङतान लगायतको समूहले गत मंसिर १७  गते ककनीमा बम विस्फोट गराएको थियो । स्याङतानलाई नुवाकोट ल्याएर ज्यान मार्ने उद्योग मुद्दामा कारबाही अघि बढाइएको नुवाकोट प्रहरी प्रमुख बसन्त कुँवरले बताए ।  

प्रहरीका अनुसार ककनीमा बम लिएर घटनास्थलमा पुग्ने र पड्काउने घटनामा उनको प्रत्यक्ष संलग्नता देखिएको छ । बिष्फोटमा परी एउटा गाडि ध्वस्त भएको थियो भने पाँच जना घाइते भएका थिए।

थापामाथि बम हानेको आरोपमा ५ जना पक्राउ परेकोमा २ जनालाई जेल चलान भएकोमा तीन जना धरौटीमा छुटेका छन् ।

प्रतिक्रिया दिनुहोस