सर्वोच्चको आदेशलगत्तै डा. गोविन्द केसी पक्राउ

सोमबार, २४ पुस २०७४, २० : ३७
सर्वोच्चको आदेशलगत्तै डा. गोविन्द केसी पक्राउ

सर्वोच्च अदालतको मानहानीको आरोप  लागेका प्राध्यापक डाक्टर गोबिन्द केसी सोमबार साँझ पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परीसर काठमाडौंबाट खटिएको टोलीले केसीलाई त्रिवि शिक्षण अस्पतालस्थित अनसनस्थलबाटै पक्राउ गरेको हो ।

त्यसलगत्तै सर्वोच्च अदालतले अनशनमा बसेका केसीलाई पक्राउ गरी मंगलबार बिहान ९ बजे सर्वोच्च अदालतमा उपस्थित गराउन आदेश जारी गरेपछि पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी रवीन्द्र धानुकले जानकारी दिए ।

उनलाई सिंहदरबार प्रहरी वृत्तमा राखेर बिहान अदालतमा बुझाउने तयारी भएको छ ।

प्रतिक्रिया दिनुहोस