उद्योग वाणिज्य संघ चितवनको निर्वाचनः प्रधान प्यानल भोट माग्दै माडीमा

सोमबार, २४ पुस २०७४, १९ : ०३
उद्योग वाणिज्य संघ चितवनको निर्वाचनः प्रधान प्यानल भोट माग्दै माडीमा

चितवन । यहि ३० गते उद्योग वाणिज्य सँघ चितवनको ५१ औं साधारण सभा तथा अधिवेशन यही ३० गते हुँदैछ । अधिवेशनमा आफू वा आफ्ना उम्मेदवारलाई जिताउन उद्योगी व्यवसायीहरु चितवनका विभिन्न क्षेत्रको दौडाहामा छन् । उनिहले प्रचार–प्रसारलाई तिव्रता दिँदै व्यवसायीलाई आफ्नो पक्षमा पार्ने कसरतमा देखिन्छन् ।

अध्यक्षका उम्मेद्वार सहनलाल प्रधान नेतृत्वको प्यानलले चुनावी अभियान अन्तर्रगत आज (सोमवार) माडीका व्यवसायीहरुको घरदैलोमा पुगेर भोट मागेका छन् । टोलीले पश्चिम चितवनको शिवनगर,पार्वतीपुर लगाएतका क्षेत्रका व्यवसायीसँग पनि भेटघाट गरेर भोट मागेको थियो । सो क्रममा व्यवसायीले पहिलो पटक प्रधान सहितको प्यानल भोट माग्न आएको भन्दै उत्साहित भएको वताए । उनिहरुले प्रधान प्यानललाई सहयोग गर्ने प्रतिवद्धता पनि जनाए । यस्तै आजनै प्रधान प्यानलले भाडा वर्तन व्यवसायीहरुसंग छलफल गरि आफूहरुलाई जिताउन आग्रह गरेका थिए ।

भाडा वर्तन व्यवसायीले प्रधान प्यानललाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । सो अवसरमा वोल्दै अध्यक्षका उम्मेदवार प्रधानले आफ्नो समूहले व्यवसायिक हकहितका लागि काम गर्ने बताउनुभयो । धेरै व्यवसायीसँग मैले भेटघाट गरिसकेको छु, म उठेकोमा साथीहरु निकै उत्साहित पाएँ र मैले जित्छु भन्नेमा विश्वस्त छु’ प्रधानले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस