नेपाल आइडल रवि ओडकी आमाको मृत्यु

सफल खबर संवाददाता

बुधबार, ११ पुस २०७५, ११ : १४
नेपाल आइडल रवि ओडकी आमाको मृत्यु

काठमाडौं । नेपाल आइडल रवि ओडलाई मातृशोक परेको छ । बुधबार बिहान ७ बजे रविकी आमा ४५ वर्षीया विष्णा ओडको करेन्ट लागेर मृत्यु भएको हो । पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर विष्णको मृत्यु भएको हो । 
केही दिन अघि नेपाल आइडलको दोस्रो संस्करणका विजेता बनेका रवि ओडलाई हिजो मात्रै हिजो मात्रै गृहजिल्ला पुगेका ओडलाई भव्य स्वागत तथा सम्मान समेत गरिएको थियो ।  

जिल्ला प्रहरी कार्यालय, कैलालीका एसपी आभूषण तिम्सिनाले बुधबार बिहान करेन्ट लागेपछि उपचारका लागि अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको पुष्टि गरे ।  

उनी रविकी कान्छी आमा भएको र उनलाई जन्मदिने आमाको यसअघि नै निधन भइसकेको छ । 

प्रतिक्रिया दिनुहोस