- मुना न्यौपाने
काठमाडौं । राष्ट्रियसभा सभासद् माननीय कोमल ओलीले अब युवाहरुलाई पर्यटनमार्फत् स्वदेशमा नै रोजगारी सिर्जना गर्नुपर्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिनुभएको छ । ओलीले राजधानीमा एसएसके मिडिया प्रालि.द्वारा आयोजित तथा आरोग्य एजुकेशन प्रा.लि.ले प्रायोजन गरेको मिष्टर एण्ड मिस टुरिजम नेपाल २०१८ को कार्यक्रममा बोल्दै पर्यटनमार्फत् स्वदेशमा युवाहरुलाई रोजगारी सिर्जना गर्नेतर्फ जुट्न सबैमा आग्रह गर्नु भएको हो ।
मिष्टर एण्ड मिस टुरिजम नेपाल २०१८ मा आफ्ना प्रतिस्पर्धीलाई पछि पार्दै पुरुषतर्फ ऋषभ पन्त मिष्टर टुरिज नेपाल २०१८ हुन सफल हुनु भयो भने महिलातर्फ रमुना कार्कीले प्रथम ताज पहिरिन सफल बन्नु भयो । त्यस्तै, पुरुषतर्फ फष्ट रनरअप रोहित कुमार बन्नु भयो भने महिलातर्फ सुष्मिता लामाले फष्टरनर अफको उपाधि हासिल गुर्न भयो । त्यस्तै, वेष्ट ट्यालेन्टको उपाधि राजन राईमगरले प्राप्त गर्नु भयो भने वेष्ट फोटोजेनिक उपाधि मनिषा सिलवालले प्राप्त गर्नु भयो । सो प्रतियोगितामा ८ जना पुरुष र ७ जना महिला सहभागि हुनु भएको थियो ।
सो कार्यक्रम एएसके मिडिया प्रा.लि.का सिइओ सन्तोष सिलवाल ‘खत्री’को सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रममा अतिथिहरुमा वरिष्ठ गायक आनन्द कार्की, आरोग्य एजुकेशन प्रा.लि.का प्रवन्धक सुविद्या खनाल (दाहाल), जापानी सूचना केन्द्र, नेपालका अध्यक्ष मदनकृष्ण सिलवाल, नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य तथा महिला उद्यमी राज्यलक्ष्मी शाक्य, समाजसेवी तथा चलचित्र निर्माता शान्ता ढकाललगायत रहनु भएको थियो ।
सो प्रतियोगिको निर्णायक मण्डलमा वर्षा कार्की, अभिमन्यु कार्कीलगायत रहनु भएको थियो भने जेनस लामाले कोरियाग्राफर गर्नु भएको थियो भने कार्यक्रम संयोजन नविन भट्टराईले गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन राजन सिलवालले गर्नु भएको थियो ।
कार्यक्रममा वरिष्ठ गायक आनन्द कार्कीले सुमधुर गीतहरु गाउनु भएको थियो भने वरिष्ठ संगीतकर्मी उदिराम खड्काले मयूर नृत्यु प्रस्तुत गरी सबैलाई मन्त्रमुग्ध पार्नु भएको थियो । कार्यक्रममा सत्यवती कलाकेन्द्र तथा जापानी सूचना केन्द्र, नेपालका कलाकारहरुले नृत्य प्रस्तुत गर्नु भएको थियो । कार्यक्रम महेन्द्र पुलिस क्लबको सभाहलमा पुस ७ गते बेलुकी ४ः०० बजेदेखि ८ः०० बजेसम्म आयोजना भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०९ पुस २०७५, १७ : २७
लेखकबाट थप