कालिकोट । कालिकोट जिल्लाको पताला गाउँपालिका वडा नम्बर १ खाल्टेमा भीषण आगलागी भएको छ । आगलागीबाट सिङ्गो बस्ती नै खरानी भएको छ ।
राति अकस्मात फैलिएको आगलागीका कारण ८६ घर जलेर पूर्ण रुपमा नष्ट भएको र आगलागी अझै नियन्त्रणमा आइनसकेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जानकारी दिएको छ । आगलागीको पूर्ण विवरण आउन सकेको छैन ।
घटनास्थल प्रहरीचौकी रहेको स्थानबाट तीन चार घण्टाको पैदल दूरीमा रहेको छ । आगलागीका कारण मानवीय क्षति भने भएको छैन तर धेरै मात्रामा पशु चौपायाहरु मरेको प्रहरीले जनाएको छ ।
मध्य राति आगलागी शुरु भएपनि क्षतिको यकिन हुन सकेको छैन । इलाका प्रहरी कार्यालय थिर्पु र पचालझरना गाउँपालिकाको जारकोट इलाका प्रहरी चौकीबाट त्यहाँ प्रहरी खटाइएको छ । प्रहरी घटनास्थल पुगेको र आगो निभाउने प्रयास गरिरहेको प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले जानकारी दिए ।
सुख्खा क्षेत्र भएको र फुसको छाना भएको बस्तीमा आगलागी हुँदा आगो नियन्त्रण बाहिर गएको पलाता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बमले बताए ।
कालीकोटको पलाता गाउँपालिका १, खाडा गाउँस्थित न्यौपानेबस्तीमा आगोले ठूलो क्षति भएको छ । बिहान साढे २ बजेतिरबाट आगलागी सुरु भएको थियो ।
प्रमुख जिल्ला अधिकारी चन्दबहादुर कार्कीले प्रहरीलाई घटनास्थलमा पठाइएको र क्षतिको विवरण संकलन गर्ने काम भइरहेको जानकारी दिए । प्रजिअ कार्कीका अनुसार आगलागी भएको स्थान जिल्ला सदरमुकामबाट ३२ कोषको दुरीमा पर्दछ ।
त्यहाँ गएरातिदेखि नै टेलिफोन सम्पर्क राम्रो नभएका कारण घटनाको एकिन विवरण बुझ्न कठिन भएको छ । सो क्षेत्रमा सोलार प्रणालीबाट टेलिफोन सेवा पुर्याइएको छ, तर त्यहाँ घाम नलाग्दा व्याट्री चार्ज नहुने भएकाले सम्पर्क स्थापित हुन सक्दैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०९ पुस २०७५, १० : ५१
लेखकबाट थप