ठोरी । पर्सा जिल्लाको सुदुर पश्चिममा रहेको ठोरी गाँउपालिकामा भारतीय पर्यटक भित्र्याउन ‘प्रथम ठोरी महोत्सव’ हुने भएको छ । नेपाल भारत सीमा क्षेत्रको नजिकै रहेको राईधारा परिसरमा यही पौष १२ देखी २२ गतेसम्म महोत्सव संचालन हुनेछ । अन्तरिक तथा बाह्य पर्यटनलाई प्रचार प्रसार, स्थानिय उत्पादको प्रर्दशनी एवं ठोरीको संस्कृतिलाई उजागर गर्न महोत्सवले सहयोग पु¥याउने आयोजकले विश्वास लिएको छ ।
ठोरी गाउँपालिकाको दक्षिणपट्टि भारतको बिहार राज्यको पश्चिम चम्पारण पर्छ भने उत्तर, पश्चिममा चितवन राष्ट्रिय निकुञ्जले घेरिएको छ ।
ठोरीमा वनशक्ति मन्दिर, सिता गुफा धार्मिक स्थल तथा राईधारा, रानी वन, गोले डाडाँ, सिने पर्वत, ह्वाईट हिल, अमृतधारा, लगाएतका पर्यटकीय स्थलहरु छन् ।
अंग्रजी नयाँ बर्षको अवसर पारेर भारतीय पर्यटकलाई नेपालसम्म आउने वातावरण बनाउन महोत्सव आयोजना गरिएको आयोजकले जानकारी दिएको छ ।
कपुरबोट मिडिया प्रालिको आयोजनामा १० सम्म चल्ने महोत्सवमा कृषि प्रर्दशनी, शैक्षिक तथा पर्यटन, हस्तकला, अटो, बैंक तथा वित्त एवं विविध संस्कृतिक कार्यक्रम रहने कपुरबोट मिडिया प्रालिका अध्यक्ष सन्तोष देउजाले जानकारी दिनुभयो ।
बिहारको पश्चिम चम्पारणसँग जोडिएको ठोरीमा अंग्रेजी नयाँ बर्ष मनाउन पर्यटकहरुको घुईचो लाग्ने गरेको छ । ठोरी गाउँपालिकालाई पर्यटकीय क्षेत्रको रुपमा अगाडि बढाउन महोत्सवले महत्वपूर्ण सहयोग पु¥याउने ठोरी गाउँपालिकाका अध्यक्ष पिएल श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस