आइएमई लाइफ इन्स्योरेन्स र एन.आइ.सि एसिया बैंकबीच बैंक अस्योरेन्स सम्झौता

बुधबार, २६ मंसिर २०७५, १२ : ०४
आइएमई लाइफ इन्स्योरेन्स र एन.आइ.सि एसिया बैंकबीच बैंक अस्योरेन्स सम्झौता

काठमाडाैं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी र एन.आइ.सि एसिया बैंकबीच बैंक अस्योरेन्स सम्झौता भएको छ । उक्त बैंक अस्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत  श्रीचन्द्र भट्ट र एन.आइ.सि एसिया बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत  रोशन कुमार न्यौपानेले हस्ताक्षर गर्नुभएको छ ।

सो बैंक अस्योरेन्स सम्झौता पश्चात सर्वसाधारण तथा बैंकका ग्राहकहरुले एन.आइ.सि एसिया बैंक लिमिटेडको कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आइएमई लाइफ इन्स्योरेन्सको जीवनबीमा गराउनका साथै जीवनबीमा सम्बन्धी जानकारी प्राप्त गर्न सकिनेछन् ।

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हाल ६५ स्थानबाट बिभिन्न शाखा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ भने बिभिन्न १० वटा योजनाहरु बजारमा ल्याएको छ । कम्पनीले सामान्य सावधिक, बाल शिक्षा, आजिवन, नगदफिर्ता, साढे तीन गुणा रक्षावरण लगायतका बीमा योजना ल्याएको छ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मुख्य उद्देश्य न्यूनभन्दा न्यून आय भएका शहरी तथा ग्रामिण भेगमा बसोबास गर्ने व्यक्तिहरुको समेत जीवन बीमामा पहुँच पु¥याई नेपालमा जीवन बीमा बिस्तार गर्नु रहेको छ ।

प्रतिक्रिया दिनुहोस