ताल भएर पनि माछा नभएको सुन्दर मनाङ (फोटोफिचर)

सफल खबर संवाददाता

सोमबार, १० मंसिर २०७५, १६ : २८
ताल भएर पनि माछा नभएको सुन्दर मनाङ (फोटोफिचर)

मनाङ । हिमालपारिको जिल्ला मनाङमा प्रशस्त पानी छ, तर धानखेती हुँदैन । नेपालको सबैभन्दा उचाईमा रहेको तिलिचो ताल छ, तर तालमा माछा छैनन् । गायक अमृत गुरुङले तालको पानी माछीले खाने भनेर गीत त गाए, तर मनाङको तिलिचो तालमा माछा नै छैनन् ।

धान र माछा नभएर के भयो त ? मनाङ जिल्ला पदयात्राका लागि विश्वमै चर्चित र उपयुक्त स्थान हो । यहाँ जैविक विविधताका संरक्षित क्षेत्रहरु छन् । समग्रमा जैविक विविधताले सिंगारिएको क्षेत्र पर्यटनको गन्तब्य बन्दै गएको छ । कतिपय पर्यटकहरु हिमाल र हिमाली ताल हेर्नमा रमाउछन । नेपालका तालतलैयालाई एसियाको वाटर टावर पनि भन्ने गरिन्छ । कतिपय हिमनदीका मुल तालबाट फुटेका छन् भने कतिपय हिमालबाट हिमताल बनेका छन् । यीनै तालतलैया र जैविक विविधतामा रमाउने पर्यटक नेपालमा आउछन ।

तिलिचो ताल नेपालमा मात्र होइन विश्वको सबैभन्दा बढी उचाईमा रहेका तालहरुमध्येको एक हो । गण्डकी प्रदेशको मनाङ जिल्ला नेस्याङ गाउँपालिका–९ मा तिलिचो ताल पर्दछ । हिमालय पारीको मनाङमा तिलिचो ताल अन्नपुर्ण क्षेत्रभित्र पर्दछ । तिलिचो ताल समुद्र सतहदेखि ४ हजार ९१९ मिटर उचाईमा रहेको छ । तिलिचो तालको लम्बाई ३।९ किलोमिटर रहेको छ भने चौडाइ १।६ किलोमिटर र गहिराई सरदर २०० मिटर रहेको छ । तालको वरिपरीको तिलिचो, निलगिरी, खांग्सार र मुक्तिनाथ हिमालले घेरेको छ । तिलिचो ताल विश्वको सबैभन्दा उचाईंमा रहेको दक्षिण अमेरिकाको पेरु र बोलिभियाको सिमानामा रहेको टिटीकाका ताल भन्दा १ हजार १०७ मिटर अग्लो स्थानमा रहेको छ ।

तिलिचो ताल माथिल्लो मनाङ उपत्यकाबाट करिब ४५ किमीको दूरीमा पर्दछ । यस तालमा पुग्न खासार गाउँबाट तारे गुम्बा, श्रीखर्क हुँदै करिव आठ घण्टाको पैदलयात्रा पछि तिलिचो बेस क्याम्पमा पुग्न सकिन्छ । तिलिचो बेसक्याम्पमा खान बस्नको राम्रो सुविधा भएका होटलहरु छन । तिलिजो पुग्ने पर्यटकहरुलाई कुनै असुबिधा हुदैन । बेसक्याम्पबाट झण्डै तीन घण्टाको उकालो यात्रा पछि तिलिचो ताल पुग्न सकिन्छ । मनाङको सदरमुकाम चामेबाट माथिल्लो मनाङ गाउँ टंकी र खाङसार पुग्दा बाटोमा देखिने मन लोभ्याउने प्राकृतिक दृश्यले पर्यटकहरु दंग पर्दछन ।

लमजुङको सदरमुकाम बेंसीशहरबाट चामेसम्मको ६५ किलोमिटर र त्यसभन्दा माथि झण्डै ३० किलोमिटर माथिल्लो मनाङसम्म गाडी चढेर जाने कि पदयात्रा गर्ने रु यसको रोजाइ पर्यटक आफैंले गर्नुपर्छ । हिँड्न मन नलाग्नेहरुलाई उपल्लो मनाङसम्म पुग्न जिपको सुबिधा छ । हिँड्न सक्नेहरु बेंसीशहरबाटै पैदल मनाङको यात्रामा निस्किन्छन् ।तष्ष्अिजय(द्द माथिल्लो मनाङ क्षेत्र निकै मनमोहक भएकाले माथिल्लो मनाङसम्म पैदलयात्रा गर्दा निकै नै रमाइलो हुने गर्छ । बेंसीशहरदेखि सुरु भएको पैदल यात्रा कहालीलाग्दो भिर खण्डको सडक, हरिया वनजंगल, हेर्दा टोपी खस्ने मनमोहक झरना, नागबेली आकारमा बगेको मस्र्याङदी नदीको दृश्य, जंगली जनावरहरु अवलोकन गर्दै हिमाललाई पछि पार्दै मनाङको सदरमकुाम चामे पुग्न सकिन्छ ।

राउण्ड अन्नपूर्ण पदयात्रामा निस्किएका पर्यटक चामे बजारको मनमोहक दृश्य हेर्नको लागि एकदिन चामेमै बस्ने गर्छन् । पदमार्गमा आउनेहरु यहाँका मन छुने दृश्यहरुले मोहित बनाएपछि आफ्नो अनुभव आफ्नो देशमा फर्किएपछि आफन्तलाई सुनाउने गर्छन् । यसले गर्दा पनि पदमार्ग घुम्न आउने पर्यटकहरुको संख्यामा वृद्धि हुने गरेको छ । जैविक विविधता र प्राकृतिक दृश्यहरुले भरिपूर्ण माथिल्लो मनाङमा गंगापूर्ण ताल, हिमताल, गुम्बा पर्यटकहरुको लागि आकर्षणका केन्द्रबिन्दु बनेको छ । मनाङ मनास्लु, दामोदर, अन्नपूर्ण, लमजुङ हिमाल, तिब्बतको पेरी र चीन हिमालको बिचमा पर्छन् । वातावरणीय दृष्टिकोणले निकै सफा छ मनाङ ।

‘पानी छ माछा छैन र धानखेती पनि हुदैन’ भन्दा को अचम्म हुदैन ? हिमालपारिको जिल्ला मनाङमा पानी भएर पनि माछा र धानखेती हुँदैन । मनाङमा हिमाली क्षेत्रमा बस्ने भोटे, गुरुङ घले, लामा र तिनै जातीसंग मिल्ने भेषभुषा र भाषा बोल्ने दलित वाहेक अन्य जातीको बसोबास पनि छैन । कर्णाली अन्चलको विकट जिल्ला मानिने हुम्ला, मुगु र डोल्पा जिल्लामा उत्पादन धेरै नभए पनि धानखेती हुन्छ । मनाङमा भने पानी भएर पनि धानखेती हुँदैन ।

प्रतिक्रिया दिनुहोस