चिसोको कारण मृत्यु हुनेको संख्या बढ्दो

विहीबार, २० पुस २०७४, १० : १८
चिसोको कारण मृत्यु हुनेको संख्या बढ्दो

हुम्ला । सदरमुकाम सिमकोटदेखि ५० कोस टाढा पर्ने ताजाकोट गाउँपालिका–५ की २७ वर्षीया रनदेवी परियार र ६० वर्षीया नन्दकला परियारको रुघाखोकी र ज्वरोबाट मृत्यु भएको छ ।

दक्षिणी भेगमा पर्ने सर्केगाड गाउँपालिकाअन्तर्गत वडा नं ७-८ रोडिकोट गाउँका ९१ वर्षीय भ्याले कार्की, ८८ वर्षीय खैरे शाही, ७८ वर्षीय गोरे जैसी र ५० वर्षीय शंकर रोकायासहित छ जनाको पनि पुस दोस्रो हप्तामा मृत्यु भएको छ ।

निमित्त प्रजिअ ऋद्धिप्रकाश सिटौलाले तत्काल उक्त गाउँपालिकामा गई उपचार गर्न स्वास्थ्यकर्मीलाई निर्देशन दिएअनुसार बुधबारै उक्त कार्यालयबाट डा नवीन रोकायासमेत पाँच जनाको टोली औषधि लिएर दक्षिणी भेगमा गएको छ । हिमपातले चिसो बढेपछि वृद्धवृद्धा खोकी र घाँटी दुखाइले ग्रस्त भएका छन् ।  (रासस)

प्रतिक्रिया दिनुहोस