सेती नदीमा बेपत्ता भएका सशस्त्र प्रहरीको शव भेटियो

सफल खबर संवाददाता

आइतबार, ०२ मंसिर २०७५, १९ : २९
सेती नदीमा बेपत्ता भएका सशस्त्र प्रहरीको शव भेटियो

काठमाडौं । बझाङस्थित सेती नदीमा नुहाउने क्रममा बेपत्ता भएका सशस्त्र प्रहरी जावनको शव भेटिएको छ । 
गत कात्तिक १५ गते सेती नदीमा नुहाउने क्रममा बेपत्ता भएका कञ्चनपुर बेलौरी नगरपालिकाका २३ वर्षीय राजेन्द्र बुढाका शव १७ दिनपछि फेला परेको हो । बेपत्ता भएका बुढाको खोजीका लागि काठमाडौंदेखि गोताखोरको टोली समेत बझाङ पुगेको थियो । सदरमुकाम चैनपुरको सिमलको रुख नजिकै भएर बग्ने सेती नदीमा नुहाउने क्रममा बुढा बेपत्ता हुनुभएको थियो ।

बेपत्ता भएको ठाउँमा नै शव बाहिर निस्किएको सशस्त्र प्रहरी जवानले नै देखेको र शवलाई पिछा गर्दै जाँदा देवल एरपोर्ट नजिकबाट निकालिएको सशस्त्र प्रहरी जवान सुरेन्द्र सिंहले बताउनुभयो । शव भेटिएको बारे मृतकका आफन्तलाई जानकारी दिइसकेको र अहिले शव पोष्टमाटमका लागि जिल्ला अस्पतालमा राखिएको सशत्र प्रहरीका डीएसपी भुवनराज पन्तले बताउनुभयो ।
 

प्रतिक्रिया दिनुहोस