एनसेल ‘रिचार्ज एण्ड विन’ : ६४ विजेताले पाए एक लाख,  ३६ जनाले अझै पाउन बाँकी

सफल खबर संवाददाता

आइतबार, ०२ मंसिर २०७५, १९ : ०२
एनसेल ‘रिचार्ज एण्ड विन’ : ६४ विजेताले पाए एक लाख,  ३६ जनाले अझै पाउन बाँकी

काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले चाडपर्वको अवसर पारी संचालन गरेको आकर्षक ‘रिचार्ज एण्ड विन’अफर अन्तर्गत बिहीबार (कार्तिक २९ गते) नवौं र दशौं हप्ताकाविजेताहरुलाई नगद पुरस्कार हस्तान्तरण गरेको छ । प्रत्येकहप्ता १० भाग्यशालीग्राहकले जनही रु एक लाखजित्ने ‘रिचार्ज एण्ड विन’अफर भाद्र १७  गतेबाट कार्तिक २४ गतेसम्म १० हप्ता संचालन गरिएको थियो । नवौं हप्ताका विजेताहरुको छनौट कार्तिक २० गते र दशौं हप्ताका विजयीहरुको छनौट कार्तिक २७ गते प्रत्यक्ष प्रशारण गरिएको लाईभ ड्र कार्यक्रम मार्फत गरिएको थियो ।

दुवै हप्ताका विजयी मध्ये प्रमाणिकरणको प्रकृया पुरा भएका विजेताहरुलाई एनसेलले बिहीबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी जनही नगद रु एक लाख पुरस्कार प्रदान गरेको हो । एनसेलका लिगल एण्ड कर्पोरेट सर्भिसेज् निर्देशक रमेश घिमिरेले नवौं हप्ताका विजयी मध्येका तीनजना – बिनोद थोर्लिहाङ्ग (पाँचथर), श्याम राजवंशी (मोरङ्ग) र डुख रामथारु (कपिलवस्तु) – लाई जनही रु १००,००० नगद पुरस्कार हस्तान्तरण गरेका हुन् । साथै घिमिरेले दशौं हप्ताका विजयी ग्राकहरु मध्येका छ जना – सूर्य नारायण कापरी (महोत्तरी), सोना गुरुङ्ग (कास्की), सुमन श्रेष्ठ (गोर्खा), दिनाकुमारी कालिकोटे (सर्लाही), सुदिप चौधरी (कैलाली) र सुजित राजबाहक (काठमाडौं) – लाई पनि नगद पुरस्कार हस्तान्तरण गरेका थिए । कार्यक्रममा दशौं हप्ताका लागि अयोग्य ठहरिएका एक विजयीको स्थानमा दशौं हप्ताको कोडहरुबाटै एक नयाँ विजयी पनि छानिएको थियो । नयाँ विजयी कोड १०–००१८६७७७७ रहेकोे छ ।  आठौं हप्ताको विजयी मध्येका एक झापाकी राधिका तिमिल्सिनाले पनि बिहीबार काठमाडौंबाटै पुरस्स्कार ग्रहण गरेकी थिइन् । 

एनसेलले बिहीबार नै सातौं हप्ताका विजेताहरु मध्येका दुई अर्घा खाँचीकी लक्ष्मी घर्ति मगरलाई एनसेल सेन्टर बुटवलबाट र कास्कीका पूर्ण बहादुर गुरुङ्गलाई एनसेल सेन्टर पोखराबाट पुरस्कार हस्तान्तरण गरेको थियो । त्यसैगरी नवौं हप्ताका विजयी मध्येकी एक झापाकी दुर्गा कुमारी लिम्बु सावालाई एनसेल सेन्टर दमकबाट र  दशौं हप्ताका विजयीहरु मध्येका एक रौतहटका राजकिशोर प्रसाद जैसवाललाई एनसेल सेन्टर चपुरबाट पुरस्कार हस्तान्तरण गरिएको थियो । दशौंहप्ताको विजयीग्राहकहरुको घोषणासँगै ‘रिचार्ज एण्ड विन’अफर पनि समापन भएको छ । अफर अन्तर्गत दश हप्तासम्ममा १०० जना भाग्यशाली विजेताहरुले जनही रु एक लाख जित्न सफल भएका छन् । यी मध्ये बिहीबार सम्ममा ६४ जनाले आफ्नो नगद पुरस्कार ग्रहण गरिसकेका छन् भने प्रमाणित भईसकेका समेत गरी बाँकी ३६ विजयीहरुलाई आवश्यक प्रक्रिया समापन भए लगतै काठमाडौं लगायत उपत्यका बाहिर अवस्थित एनसेल सेन्टरहरुबाट नगद पुरस्कार प्रदान गरिने एनसेलले जनाएको छ । अफर अन्तर्गतको नगद पुरस्कारमा लाग्ने कर कम्पनीले नै व्यहोर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस