अभिनेत्री अरुणिमाले गरिन् विवाह

सफल खबर संवाददाता

सोमबार, ०३ भदौ २०८१, २० : ३५
अभिनेत्री अरुणिमाले गरिन् विवाह

काठमाडौं । अभिनेत्री अरुणिमा लम्सालले विवाह गरेकी छन् । सुनसरीको चतारा स्थायी घर भएका युवराज श्रेष्ठसँग अरुणिमाको विवाह भएको हो । 

केही दिन अगाडि कोर्ट म्यारिज गरेका उनीहरूले आज काठमाडौंको बत्तीसपुतलीस्थित राममन्दिरमा हिन्दु परम्पराअनुसार विवाह गरेका हुन् । 

बिहेमा परिवार र निकट आफन्तको मात्रै उपस्थिति रहेको थियो । युवराज स्थानीय कांग्रेस नेता हुन् । 

अरुणिमा लामो समयदेखि अमेरिकामा बस्दै आएकी छन् । अरुणिमाको यो दोस्रो विवाह हो । 
 

 

 

 

 

प्रतिक्रिया दिनुहोस