काठमाडौं। हङकङमा जारी चारदेशीय टी-२० आई शृङ्खला जित्न कुवेतले नेपाललाई १७५ रनको मध्यम दिएको छ । मिसन रोड मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको कुवेतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७४ रन बनाएको हो ।
कुवेतका ओपनर रवीजाले सर्वाधिक ६३ रन बनाए ।यस्तै, क्लिन्टो एन्टोले २४ बलमा २६ रन बनाए । बलिङमा नेपालका नन्दन यादव र सोमपाल कामीले २-२, करण केसी र कुशल भुर्तेलले एक-एक विकेट लिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३१ चैत्र २०८१, १३ : २५
लेखकबाट थप