काठमाडौं । काठमाडौंमा आजदेखि सुरु भएको आईसीसी यू-१९ विश्वकप एसिया छनोटअन्तर्गत पहिलो खेलमा नेपालले यूएईविरुद्ध ब्याटिङ गर्दैछ ।
तल्लो मुलपानी क्रिकेट मैदानमा निर्धारित समयभन्दा २ घण्टा ढिला गरी भएको टस जितेर यूएईका कप्तान पृथ्वी मधुले बलिङ गर्ने निर्णय गरेपछि नेपालले ब्याटिङ गर्ने भएको हो ।
पछिल्लो केही दिनमा भएको वर्षाका कारण मैदानमा असर परेपछि केही भाग सुकाउने कामले गर्दा ढिलाइ भएको थियो । खेल ४० ओभरमा घटाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३१ चैत्र २०८१, ११ : ३४
लेखकबाट थप