समाजवादी मोर्चाद्वारा शुक्रबार वृहद जनप्रदर्शनको तयारी

सफल खबर संवाददाता

विहीबार, १४ चैत्र २०८१, ०९ : ३६
समाजवादी मोर्चाद्वारा शुक्रबार वृहद जनप्रदर्शनको तयारी

काठमाडौ । समाजवादी मोर्चाले शुक्रबार राजधानीको भृकुटीमण्डपमा वृहद जनप्रदर्शन गर्ने भएको छ। मोर्चाले राजनीतिक स्थायित्व, सुशासन, भ्रष्टाचार नियन्त्रण, तथा सामाजिक न्यायका विषयमा विभिन्न नारासहित प्रदर्शनको तयारी गरेको हो । जुन नारा बिहीबार बसेको मोर्चाको बैठकले तय गरेकाे नेता महिन्द्र राय यादवले जानकारी दिए । 

प्रदर्शनमा "यथास्थिति र प्रतिगामी षड्यन्त्रको विरोध गरौं", "गणतन्त्रको सम्बर्धन र राष्ट्रिय स्वतन्त्रताको संरक्षण गरौं" जस्ता मूल नाराहरू उठाइने छ।

त्यसैगरी, प्रदर्शनका क्रममा "समाजवादी मोर्चा, नेपाल – जिन्दावाद!", "भ्रष्टाचारीलाई – कारवाही गर!", "महँगी र कालोबजारी – नियन्त्रण गर!", "शिक्षकहरूको समस्या – समाधान गर!" लगायतका नाराहरू गुञ्जिने छन् ।

मोर्चाले समावेशी लोकतन्त्र, सहकारी व्यवस्थाको सुधार, दलित तथा महिलामाथिको उत्पीडन अन्त्य, तथा वेरोजगारी समस्या समाधानका विषयलाई प्रमुख एजेन्डा बनाउँदै सरकारलाई दबाब दिने जनाएको छ।