काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । विपक्षी दलको अवराेधपछि भोलि विहान ११ बजेसम्मको लागि बैठक स्थगित भएको हो । आज बसेको पहिलो बैठक अवरुद्ध भएपछि केही समयका लागि स्थगन भएको थियो ।
दोस्रो पटक बसेको बैठक पनि प्रतिपक्षी दलका सांसदहरुले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले उक्त बैठक बिहीबार बस्ने जानकारी दिए । यसअघि सभामुख घिमिरेले पटक–पटक सदन सञ्चालनको वातावरण बनाउन प्रतिपक्षी दलका सांसदहरुलाई अनुरोधसहितको रुलिङ गरेका थिए ।
आजको बैठकको प्रारम्भमै प्रतिपक्षी दलका सांसदहरुले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट सरकारले बर्खास्त गरेको विषयप्रति विरोध जनाउँदै बैठक अवरोध गरेका थिए । उनीहरुले यसबारे प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा जवाफ दिनुपर्ने माग गर्दै संसद अवरुद्ध गरेका थिए ।
प्रतिनिधिसभाको बैठक बिहीबार ११ बजे बस्ने तय भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ चैत्र २०८१, १५ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधिसभा बैठक दोस्रोपटक सूचना टाँस गरेर स्थगित
प्रतिनिधिसभा बैठकको सुरुमै अवरोध
प्रतिनिधिसभा बैठक सुरु
संसद् बैठकको समय सर्यो
आइतबार प्रतिनिधिसभा बैठक बस्ने, यस्ता छन् कार्यसूची
प्रतिनिधिसभा बैठक २ बजेलाई सर्यो