काठमाडौं । अमेरिकाका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी आफ्नो कार्यकक्षमा पुगेका छन् । रेग्मी नियुक्ति भएको ४ महिनापछि शुक्रबार कार्यक्षेत्रमा पुगेका हुन् । शुक्रबार वासिङ्टन डीसीस्थित नेपाली दूतावासमा पुगेर उनले कार्यभार सम्हालेको दूतावासले जनाएको छ ।
गत कात्तिक २५ गते राजदूत नियुक्त भएका रेग्मीले राष्ट्रपतिसमक्ष गत मंसिर १६ गते शपथ लिएका थिए ।पूर्वमुख्यसचिव रेग्मी यसअघि बेलायतका लागि राजदूत पनि भएका थिए । अमेरिकाका लागि राजदूत नियुक्त हुनुअघि उनी भारतका लागि राजदूत सिफारिस भएका थिए ।
रेग्मी नेपाल सरकारका मुख्यसचिवको रुपमा दुई वर्ष बढी कार्यरत थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०९ चैत्र २०८१, १६ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकी राष्ट्रपतिलाई नेपाल भ्रमण गराउन पहल गर्छु : लोकदर्शन रेग्मी