झापा । झापामा एक महिलाको सार्वजनिक बसमा यात्रा गर्दागर्दै मृत्यु भएको छ।
दमकबाट बिर्तामोडतर्फ जाँदै गरेको बसको सिटमा बसेकै अवस्थामा मोरङको गछिया बस्ने ४३ वर्षीया कुमारी सेलिङ चेम्जोङको मृत्यु भएको प्रहरीले जनाएको छ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १ ख २५४५ नम्बरको नागरिक यातायातको बसमा सवार चेम्जोङको मृत्यु भएको हो।
पूर्वपश्चिम राजमार्गअन्तर्गत शुक्रबार साँझ ५:५० बजेतिर झिलझिले पुगेपछि बसमा सवार अन्य यात्रुले सिटमै महिला ढलेको देखेपछि प्रहरीलाई खबर गरेका थिए।
एक्कासि बेहोश भएकी उनलाई त्यसपछि लालिगुँरास हेल्थ क्यैरमा उपचार गरिएको थियो। त्यहाँ सम्भव नभएपछि उनलाई बिर्तामोडको बीएन्डसी अस्पताल लगिएको प्रहरीले जनाएको छ।
उनलाई गएराति नै डाक्टरले मृत घोषित गरेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। उनी प्रेसर, सुगर लगायत दिर्घरोगबाट पीडित रहेकी परिवारका सदस्यले बताएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०९ चैत्र २०८१, ०९ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बेग्लाबेग्लै घटनामा दुई जनाको मृत्यु
रुपन्देहीमा करेन्ट लागेर एक जनाको मृत्यु
बाख्रा चराउने क्रममा लडेर मृत्यु
मोरङको आगलागीमा परेका भनिएका बालक सकुशल भेटिए, एकको मृत्यु
एक महिलाको मृत्यु प्रकरणमा परिवारका चार जना नियन्त्रणमा
होली खेल्ने विषयमा विवाद हुँदा युवकको मृत्यु