गणतन्त्रलाई जनतामाझ लैजानुपर्छः नेकपा महासिचव चन्द

रासस

विहीबार, ०७ चैत्र २०८१, १६ : २३
गणतन्त्रलाई जनतामाझ लैजानुपर्छः नेकपा महासिचव चन्द

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव एवं समाजवादी मोर्चाका संयोजक नेत्रविक्रम चन्द ‘विप्लव’ले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई बलियो बनाउन यसलाई जनतामाझ लैजानुपर्ने बताएका छन् ।   

मोरङमा आयोजित अन्तरसम्वाद कार्यक्रममा विप्लवले गणतन्त्रबाट आमनागरिकले समान अधिकार पाउनुपर्नेमा जोड दिए । महासचिव चन्दले मुलुकमा युगान्तकारी परिवर्तन ल्याउने गणतन्त्र स्थापना नभएको भए मुलुक अझै अन्धकारमै हुन्थ्यो भन्दै दलका नेताहरुको भनाइ र गराइमा देखिएका अन्तरले अहिले असन्तुष्टि चुलिएको दावी  गर्नुभयो ।

मुलुक सैद्धान्तिक र व्यावहारिक दृष्टिले पनि सङ्कटमा रहेको बताउँदै चन्दले सरकार शिक्षा, स्वास्थ्य र रोगगारका विषयमा चुकेको,  पुँजी निर्माण र बचतको ज्ञान विस्तार नभएकाले जनताले समस्या बेहोरिरहेको धारणा राखे । महासचिव चन्दले माओवादी, समाजवादी लगायत सबै कम्युनिष्टबीच एकताको प्रयास तथा छलफल भइरहेको जानकारी दिँदै चैत १५ गते समाजवादी मोर्चाले गर्ने भेला शान्तिपूर्ण हुने बताए । 

प्रतिक्रिया दिनुहोस