काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी अतिरिक्त सचिव डा.संगीता कौशल मिश्राले सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेकी छिन् । वरिष्ठताको क्रममा अगाडि भएपनि आफूलाई स्वास्थ्य सचिव नियुक्त नगरिएको भन्दै मिश्राले चैत १ गते सर्वाेच्चमा रिट निवेदन दिएकी हुन् ।
उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाएकी छिन् । उनको रिटमाथि आइतबार सुनुवाई भएको थियो । न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासमा भएको सुनुवाई पनि सर्वाेच्चले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।
साथै छलफलका लागि दुवैपक्षलाई बोलाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ चैत्र २०८१, १२ : १२
लेखकबाट थप