काठमाडौँ । सेयर बजार परसिूचक (नेप्से) आज २१.६३ अंकले घटेको छ । साताको पहिलो दिन आइतबार बजार परिसूचक घटेर २७१४.८५ विन्दुमा ओर्लिएको हो ।आज बजारमा ६ अर्ब ८३ करोड रुपैयाँ बराबरको कारोबार भयो । अघिल्लो दिन ७ अर्ब २१ करोड रुपैयाँको कारोबार भएको थियो ।
आज बजारमा ३१ कम्पनीको मूल्य बढेको छ । २०७ कम्पनीको मूल्य घटेको छ भने बाँकी ६ कम्पनीको मूल्य स्थिर रहेको छ । बजारमा सामुदायिक लघुवित्तको शेयर ८ प्रतिशत भन्दा धेरैले बढेको छ । त्यस्तै, ग्रीन डेभलपमेन्ट बैंक र पिपुल्स हाइड्रोपावर सेयरमूल्य सबैभन्दा धेरैले घटेको छ ।
बजारमा आज अन्य ट्रेडिङ परिसूचकमा उच्च सुधार हुँदा अरू सबै समूहको सूचक घटेको छ । विकास बैंक समूहमा सबैभन्दा धेरै २.२५ प्रतिशतको गिरावट देखिएको छ ।
कारोबार रकम, कारोबार भएको शेयर संख्या र कारोबार संख्याका आधारमा क्रमशः हिमालय रिइन्स्योरेन्स कम्पनी, घलेम्दी हाइड्रो र गार्डियन लाइफ इन्स्योरेन्स अगाडि रहेका छन् । हिमालयन रिइन्स्योरेन्सको शेयर आज ५८ करोड ६६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ चैत्र २०८१, १५ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
३२.२१ अंकले घट्यो नेप्से
घट्यो सेयर बजार, नेप्से २७५१ अंकमा
सेयर बजार ४६ अंकले घट्यो, १० अर्बको कारोबार
नेप्सेमा झिनो गिरावट
२८२१ अंकमा झर्यो सेयर बजार
२८४६ अंकमा झर्यो सेयर बजार