नेइमारले कोलम्बिया र अर्जेन्टिना विरुद्धको खेल गुमाउने

सफल खबर संवाददाता

शनिबार, ०२ चैत्र २०८१, १२ : १५
नेइमारले कोलम्बिया र अर्जेन्टिना विरुद्धको खेल गुमाउने

काठमाडौं। ब्राजिलका स्टार स्ट्राइकर नेयमारले चोटका कारण विश्वकप छनोटको मार्चमा हुने कोलम्बिया र अर्जेन्टिनाविरुद्धको खेल गुमाउने भएका छन् । चोटका कारण करिब डेढ वर्ष ब्राजिली टोलीबाट बाहिर रहेका नेयमार फेब्रुअरीमा सान्तोसमा फर्किएका थिए ।

ब्राजिल दक्षिण अमेरिकी विश्वकप छनोटमा पाँचौँ स्थानमा झरेपछि डोरिभल जुनियरको प्रशिक्षणमासन् २०२३ को अक्टोबरमा उनले अन्तिम पटक ब्राजिलको प्रतिनिधित्व गरेका थिए ।

ब्राजिलले मार्च २० मा ब्रासिलियामा कोलम्बियाको सामना गर्नेछ भने त्यसको पाँच दिनपछि ब्यूनस आयर्समा प्रतिद्वन्द्वी तथा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाको सामना गर्नेछ। ३३ वर्षीय नेयमारले दुई साताअघि १४ महिनापछि पहिलो गोल गर्दै सान्तोसका लागि खाता खोलेका थिए । 

प्रतिक्रिया दिनुहोस