काठमाडौँ । नेकपा(एकीकृत समाजवादी)ले पार्टीले गर्न लागेको आन्दोलन मिसन ०८४ को लागि नभएको दाबी गरेको छ । आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गरी यो आन्दोलन पार्टी वा सत्ता ओगट्न नभइ जनताको ठाउँ ओगट्न भएको दाबी गरेको हो ।
आन्दोलनका संयोजक तथा महासचिव घनश्याम भुसालले समय र प्रकृतिको हिसाबले यस आन्दोलन फरक हुने जिकिर गरे । उनले सत्ता केन्द्रित सत्ताधारी नालायक हुँदै गएको छ । सडक पपुलिस्टको कब्जामा गएकाले देश सङ्कटतर्फ फसेको बताए ।
‘समय र प्रकृतिको हिसाबले यो आन्दोलन अलग हुँदैछ । अन्य पार्टी मिसन ०८४ को तयारीमा छन् । हामी त्यसको तयारी मात्र होइन । आइरहने र गइरहने तर मुलुकलाई ठोस उपलब्धि नहुने त्यस्ता ८४ आइरहन्छन्’, उनले भने– ‘हामीले गर्ने आन्दोलन लामो हुनेछ ।
पार्टी र सत्ताको ठाउँ खोज्न आन्दोलन भएका छन् । तर जनताको ठाउँ खोज्ने हिसाबले यो आन्दोलन फरक आन्दोलन भएको हामीले भनेका छौँ । सत्ता केन्द्रित सत्ताधारी नालायक हुँदै गएको छ । सडकमा पपुलिस्ट बढ्दै गएको छ ।
‘सुशासन र रोजगारी समाजवादको तयारी’ को नारा दिएर आन्दोलनमा जान लागेको भुसालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०१ चैत्र २०८१, १३ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एकीकृत समाजवादीले देशभर कार्यक्रम गरेर पार्टी स्थापना दिवस मनाउने
एकीकृत समाजवादीले संशोधन गर्यो आन्दोलनको कार्यतालिका (पत्रसहित)
चैत २५ भित्र देशभर भण्डाफोर गर्ने एकीकृत समाजवादीको निर्णय
एकीकृत समाजवादीको पत्रकार सम्मेलन गर्दै
एकीकृत समाजवादीको कार्यालयमा तोडफोड
महायज्ञ लगाउन दलित परिवारको उठिबास लगाउनेमाथि कारवाही गर्न माग