काठमाडौँ । पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाविरुद्धको रिटमा आज पुनः सुनुवाइ हुँदैछ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुडालको संवैधानिक इजलासमा आजदेखि उक्त रिटमा पुनः सुनुवाइ हुन लागेको हो ।
यसअघि गत असोज ९ गते निर्णय सुनाउने मिति तय भएकोमा सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार फैसला नगरी ‘अन्य आदेश’ गरेको थियो ।
२०६९ मङ्सिरमा काभ्रेका अर्जुन लामाको हत्या आरोपमा सापकोटासहितका नेताहरूमाथि अनुसन्धान हुनुपर्ने भन्दै उनकी श्रीमती पूर्णिमाया लामाले सापकोटासहित माओवादी कार्यकर्ताहरुविरुद्ध किटानी जाहेरी दिएकी थिइन् ।
तर लामो समयसम्म प्रहरीले किटानी जाहेरी नै लिन मानेन । सर्वोच्च अदालतको आदेशपछि २०६९ मंसिरमा सापकोटासहित माओवादी नेताहरुविरुद्ध रिटा दायर भएको थियो । सर्वोच्चमा तीन थान रिट निवेदन रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ फागुन २०८१, १२ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकार दलाल, पुँजीपति व्यापारीले बनाइदिएको पुष्टि भयो : अग्नि सापकोटा