सांसद सुनारको प्रश्न: मालपोत, नापी कार्यालयको काम जग्गा टुक्र्याउने मात्रै हो ?

सफल खबर संवाददाता

आइतबार, १८ फागुन २०८१, १५ : ०६
सांसद सुनारको प्रश्न: मालपोत, नापी कार्यालयको काम जग्गा टुक्र्याउने मात्रै हो ?

काठमाडौँ। नेकपा माओवादी केन्द्रका सांसद भुवनबहादुर सुनारले मालपोत कार्यालयहरूको जिम्मेवारीका सम्बन्धमा ख्याल गर्नुपर्ने बताएका छन् ।

‘मालपोत कार्यालय, नापी कार्यालयको काम जग्गाहरू टुक्र्याउने मात्रै हो कि उनीहरूले जग्गाको संरक्षण गर्ने, जग्गालाई व्यवस्थित गर्ने पनि हो ?’ आइतबार राष्ट्रिय सभामा शून्य समयमा बोल्दै सांसद सुनारले सरकारलाई प्रश्न गरेका हुन् ।

मालपोत कार्यालय र नापी कार्यालयले भू-सम्बन्धमा चासो राख्नुपर्ने उनले बताए । तर, यसो हुन नसकिरहेको भनेर उनले सरकारको ध्यानाकर्षण गरेका हुन् । उनी प्रश्न गर्छन्, ‘खाली जग्गा टुक्र्याउने र केही नराम्रा कामहरू मात्रै गर्ने हो ?’

मालपोत कार्यालय र नापी कार्यालयको पुर्नरंचना गरेर कार्य जिम्मेवारी नै परिमार्जन गर्न आवश्यक रहेको उनले बताए । पुस्तौँ खनजोत गरेका किसानलाई सम्बन्धित जग्गा धनी हुने गरी राज्यले नीति लिनुपर्नेमा पनि उनले जोड दिए ।

 

प्रतिक्रिया दिनुहोस