काँक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आगामी दिनमा गरिने विकास निर्माणका कार्य युवापुस्ताको मनोविज्ञानमा आधारित हुनुपर्ने बताउनुभएको छ ।
वीरेन्द्रनगर नगरपालिकाले आज आयोजना गरेको ग्रेटर घण्टाघर निर्माणसम्बन्धी छलफलमा उहाँले विकासमा युवापुस्ताको सहभागितासँगै उनीहरूको चाहनाअनुसार विकासमा ध्यान दिनुपर्ने बताउनुभयो ।
वीरेन्द्रनगर नगरपालिका कर्णाली प्रदेशकै केन्द्र भएकाले यहाँ हुने विकास निर्माणको सिको अन्य पालिकाले गर्ने हुँदा यहाँ हुने विकास जनभावनाअनुसार दिगो र वातावरणमैत्री हुनुपर्नेमा मुख्यमन्त्री कँडेलको जोड थियो ।
सार्वजनिक जमिन आउने पुस्ताका लागि भएकाले यहाँ गरिने निर्माणका कार्य सोच विचार गरेर मात्र अगाडि बढाउनुपर्ने बताउँदै मुख्यमन्त्री कँडेलले कम लागतमा राम्रो गुणस्तरसहितको संरचना बनाउनेतिर स्थानीयतहले ध्यान दिनुपर्ने बताउनुभयो ।
छलफल वीरेन्द्रनगर प्रमुख मोहनमाया ढकालको अध्यक्षतामा र प्रदेशसभा सदस्य जानकी सिंह, निर्वाचित जनप्रतिनिधि, राजनीतिका दलका प्रतिनिधि र उद्योग वाणिज्य सङ्घका प्रतिनिधिहरूको सहभागिता थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, १७ फागुन २०८१, १३ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनताले महसुस हुनेगरी कर्णाली प्रदेश सरकारले काम गरिरहेको छ : मुख्यमन्त्री कँडेल
मानव उपयोगी वृक्षरोपण गर्न मुख्यमन्त्री कँडेलको आग्रह
कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत
कर्णालीको शिक्षा सुधार गर्न शिक्षक दरबन्दी थप गर्नुपर्छ : मुख्यमन्त्री कँडेल
कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत
मुख्यमन्त्री कँडेललाई कांग्रेसले विश्वासको मत नदिने