काठमाडौं । गृहमन्त्री रमेश लेखकले कांग्रेस र एमाले समिकरण कोही नेताहरुलाई प्रधानमन्त्री र मन्त्री बनाउनको लागि मात्रै नमिलेको बताएका छन् । नेशनल प्याव्सनको महाधिवेशनलाई सम्बोधन गर्दै उनले देश विकासको लागि स्थिर सरकार बनाएको जिकिर गरे ।
उनले भने, ‘अहिलेको समीकरण सरकार बनाउनको लागि सरकार र केही नेताहरुलाई प्रधानमन्त्री र मन्त्री बनाउनको लागि मात्रै बनेको होइन । हामीले मुलुकमा स्थिर सरकार स्थापित हुन सकोस्, र त्यो सरकारले देशमा दिगो शान्ति, सुशासन र उन्तिको यात्रामा अघि बढाउनको लागि बनाएका छन् ।’
सरकारले व्यवसायिक वातावरण सुनिश्चित गर्नको लागि अध्यादेश ल्याएको जिकिर गरे । उनले भने, ‘केही प्राविधिक र प्रक्रियात कारणले अध्यादेश प्रतिस्थापन गर्न ढिला भइसकेको छ। तर, हामी समयभित्रै सदनले स्वीकार गर्ने र प्रतिस्थापन गरेर नयाँ कानून बनाउँछौं ।’
उनले सरकारले शिक्षा विधेयक पनि यही अधिवेशनबाट पारित गर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १६ फागुन २०८१, १५ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस–एमालेबीच सत्ता साझेदारीमा समस्या छैन : गृहमन्त्री लेखक
‘नयाँ वर्षसँगै लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्था सुदृढ हुनेछ’: गृहमन्त्री लेखक
यातायात व्यवसायीको भूमिका अतुलनीय : गृहमन्त्री लेखक
गृहमन्त्रीको आग्रह- हिन्दू धर्मलाई निकृष्ट राजनीतिको रूपमा प्रयोग नगरौं
गृहमन्त्रीले भेटे कोटेश्वरमा प्रहरीको गोली लागेकी रेविकालाई
गृहमन्त्रीद्वारा नेकपा एसको कार्यालय निरीक्षण