काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसी जनता र माओवादीबिचको सम्बन्ध कमजोर हुँदा मधेस कमजोर भएको जिकिर गरेका छन् । तराई मधेस जागरण अभियान अन्तर्गत शुक्रबार सप्तरीको तिलाठीको जनतासँग भेटघाट कार्यक्रममा बोल्दै उनले अब मधेसी जनताको पहिचान र समृद्धिमा ध्यान केन्द्रित गर्न माओवादीले जागरण अभियान थालेको स्पष्ट पारे ।
‘मधेसी जनता र माओवादीबिच असाध्यै राम्रो सम्बन्ध थियो २०६४ मा । मधेसीको आत्मसम्मान र पहिचान माओवादी लडाइँबाटै भएको हो । सङ्घीयता, गणतन्त्र, समावेशी लोकतन्त्र माओवादीकै कारण प्राप्त भएको हो । तर पछि धेरै षड्यन्त्र भए ।
माओवादी र मधेसी जनताबिचको त्यति राम्रो सम्बन्धलाई कमजोर पार्न धेरै जालझेल भए’, उनले भने, ‘माओवादी कमजोर हुँदा मधेसी जनता पनि कमजोर हुने, मधेसको विकास निर्माण र समृद्धि पनि कमजोर हुने, आत्मसम्मान र पहिचान पनि कमजोर हुँदै गयो ।
अब माओवादी र मधेसी जनताको एकता बलियो बनाउनुपर्यो । यो देशमा भ्रष्टाचारीलाई निर्मूल पार्नुपर्यो । सुशासन कायम गर्नुपर्यो, मधेसको विकास निर्माण र समृद्धिमा ध्यान केन्द्रित गर्नुपर्यो भनेर म लगायत पार्टीको सिङ्गो नेतृत्व टिम अहिले तराई मधेस अभियानमा आएको छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १६ फागुन २०८१, १० : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ज्ञानेन्द्रको विवेकहीनताका कारण राजावादीको आततायी सभा बन्यो : प्रचण्ड
कुलमानबारे प्रधानमन्त्रीको स्पष्टीकरण चित्त नबुझे आन्दोलनमा जान्छौं : प्रचण्ड
‘मप्रति जनताको सद्भाव बढेको छ, प्रचण्ड नै चाहिन्छ भन्न थालेका छन्’
दरबार हत्याकाण्डको छानबिन गर्ने कुरा भूमिगत हुँदादेखि नै उठाएको हुँ : प्रचण्ड
शंखरापुरमा प्रचण्डलाई सखर उपहार
रुपन्देहीको ओमसतियामा प्रचण्डलाई ७१ किलोको माला