बुटवल । मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेश मौलिक भाषा, कला, संस्कृति, सभ्यताको उर्वर भूमि भएको चर्चा गर्दै प्रदेश सरकारले त्यसको संरक्षण गर्ने बताएका छन् । उनले भाषा, कला, संस्कृति तथा सभ्यता, संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्न प्रज्ञा प्रतिष्ठानमार्फत सम्बोधन गरिने बताए ।
लुम्बिनी प्रदेश बाङमय प्रतिष्ठान नेपालको चौथो अधिवेशन तथा आठौँ साधारण सभाको बुटवलमा आज उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले साहित्य क्षेत्र समाजको ऐना भएको बताउँदै त्यहाँभित्रका विकृति, विसङ्गतिका विरुद्ध साहित्यिक कलमको माध्यमबाट खबरदारी गर्दै खोज अनुसन्धानको क्षेत्रमा प्रज्ञाप्रतिष्ठानले भूमिका खेल्ने बताए ।
लुम्बिनी प्रदेश सरकारले त्यसका लागि प्रज्ञाप्रतिष्ठान गठन प्रक्रिया अघि बढाएको, विधेयक तर्जुमा निर्माणको काम भइरहेको जानकारी समेत दिए । ‘प्रज्ञाप्रतिष्ठान गठनका लागि मस्यौदा तयार भएको छ । मन्त्रिपरिषद् बैठकबाट सैद्धान्तिक सहमति दिएका छौँ । बर्खे अधिवेशनमा प्रज्ञा प्रतिष्ठान पारित हुनेछ ।’
मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश ज्ञानको भण्डार भएको समेत बताए । नयाँ पुस्तालाई लेखन कार्यमा आकर्षित गर्न जरुरी रहेको धारणा राख्दै उनले मुलुकको धर्म, संस्कृति र राष्ट्रियता जोगाउन कलमको माध्यमबाट योगदान पुर्याउनेको उच्च कदर गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा लुम्बिनी वाङमय प्रतिष्ठान नेपालका अध्यक्ष ऋषि आजादले नेपाली भाषा, कला, साहित्य र संस्कृति संरक्षण सबैको प्राथमिकतामा पर्न जरुरी रहेको धारणा व्यक्त गरे । उनले मुख्यमन्त्रीको सरलताले राहतको अनुभूति भएको समेत बताए ।
कार्यक्रममा संस्कृति रत्न सम्मानबाट डाक्टर गितु गिरी, डाक्टर हरिप्रसाद तिमिल्सिना, डाक्टर गोविन्द आचार्यलाई सम्मान गरिएको छ ।यस्तै शीत काव्य रत्न सम्मान कृष्णप्रसाद केसीलाई सम्मान गरिएको छ । यसैगरी उत्कृष्ट जिल्ला अर्घाखाँची र रुपन्देही वाङमय प्रतिष्ठान भएका छन । उनीहरूलाई कदर पत्र प्रदान गरिएको छ । कार्यक्रममा वक्ताहरूले विभिन्न मातृभाषामा मन्तव्यमा राखेका थिए । भोजपुरी भाषामा डीआर पन्थी, गुरुङ भाषामा भीम गुरुङ, नेपाल भाषामा हरिसुन्दर वासी, संस्कृत भाषामा कृष्णप्रसाद कोइराला, उर्दु भाषामा सहर अलि, अवधि भाषामा शिव प्यासी, थारु भाषामा राजकुमार थारुले मन्तव्य राखेका थिए ।
कार्यक्रममा सल्लाहकार डाक्टर हरि तिमिल्सिना, प्राध्यापक डाक्टर गितु गिरी, डाक्टर गोविन्द आचार्य, प्रगतिशील लेखक सङ्घ रुपन्देहीका अध्यक्ष कृष्ण गाउँले, साहित्यकार डिल्लीराज भट्टराई, पत्रकार डाक्टर बालकृष्ण चापागाईँ, जङ्गबहादुर शाह, प्राध्यापक डाक्टर कपिल लामिछाने लगायतले पनि मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा वरिष्ठ उपाध्यक्ष हरिप्रसाद पोख्रेलले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष सृजना ज्ञवालीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १० फागुन २०८१, ११ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुख्यमन्त्री आचार्य चीन प्रस्थान
प्रदेशलाई भ्रष्टाचारमुक्त बनाउने बाटोमा छौं : मुख्यमन्त्री आचार्य
योजना माग्न मन्त्रालय धाउन पर्दैन, प्रक्रियामार्फत आएका योजनामा मात्रै बजेट : मुख्यमन्त्री आचार्य