एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य सापकोटाको निधन

सफल खबर संवाददाता

विहीबार, ०८ फागुन २०८१, ०८ : ५६
एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य सापकोटाको निधन

संविधान सभाका सदस्य एवं नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य विदुर सापकोटाको निधन भएको छ।

काठमाडौँस्थित हेल्पिङ ह्यान्ड हस्पिटलमा उपचारका क्रममा आज बिहान ३:५० बजे उनको मृत्यु भएको पार्टीले जनाएको छ।

उनी एकीकृत समाजवादीका बागमती प्रदेश सहइन्चार्जसमेत थिए।

श्रद्धाञ्जलीका निम्ति उनको शव आज नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा बिहान ९ बजेदेखि राखिने बताइएको छ। 

 

प्रतिक्रिया दिनुहोस