लन टेनिस प्रतियोगिताको उपाधि सुनिरा थापालाई

सफल खबर संवाददाता

बुधबार, ०७ फागुन २०८१, १५ : २७
लन टेनिस प्रतियोगिताको उपाधि सुनिरा थापालाई

बुटवल । रुपन्देहीमा भएको तेस्रो मेयर कप तथा बुटवल खुला लन टेनिस प्रतियोगिताको उपाधि सुनिरा थापाले जितेकी छन् । बुधबार भएको फाइनलमा अभिलाषा विष्टलाई पराजित गर्दै उनी च्याम्पियन बनेकी हुन ।

डिफेन्डिङ च्याम्पियन समेत रहेकी विष्टले उपविजेतामा चित्त बुझाइन् । पहिलो सेटको सुरुवातमा विष्टले अग्रता लिए पनि खेलमा फर्कँदै ६–३ ले सुनिराले जित निकालिन् ।

यस्तै मेन्स सिगलको उपाधिका लागि प्रदीप खड्काले रितिक रानासँग शुक्रबार फाइनल खेल्ने भएका छन् । बुधबार भएको पहिलो सेमिफाइनलमा खड्काले निहाल जेबी थापालाई ६–४, ६–० तथा दोस्रो सेमिफाइनलमा रितिक रानाले निशान्त श्रेष्ठलाई ६–३, ६–४ को सेटमा पराजित गर्दै फाइनल भिडन्त पक्का गरेका हुन् ।

बुटवल उपमहानगरपालिकाको सहयोगमा रुपन्देही टेनिस सङ्घको आयोजनामा फागुन ९ गतेसम्म हुने प्रतियोगितामा एक सयभन्दा बढी खेलाडीहरू सहभागी रहेको टुर्नामेन्ट डाइरेक्टर राजन पौडेलले बताए । 

प्रतिक्रिया दिनुहोस