बल्खुमा मृत भेटिएका व्यक्तिको अनुसन्धानका लागि ६ जना नियन्त्रणमा

सफल खबर संवाददाता

बुधबार, ०७ फागुन २०८१, १३ : ५०
बल्खुमा मृत भेटिएका व्यक्तिको अनुसन्धानका लागि ६ जना नियन्त्रणमा

काठमाडौं । बल्खुको तरकारी बजार नजिक मृत भेटिएका व्यक्तिको हत्या आशंकामा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ ।

मकवानपुर घर भएका रामकृष्ण दाहाल मृत भेटिएपछि अनुसन्धानमा खटिएको प्रहरी टोलीले ६ जनालाई नियन्त्रणमा लिएको हो । तीमध्ये २ जना बढी शंकास्पद देखिएको एक अनुसन्धान अधिकृतले बताए ।बल्खुस्थित मोहन बस्नेतको एक तले टिनको टहरमा डेरा गरी बस्ने दाहाल मृत भेटिएका हुन् ।

प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ । मृतकको टाउकामा चोट लागेको पाइएको छ । हत्यामा आरोपमा प्रहरीले नियन्त्रणमा लिएका ६ जना मृतकसँगै बस्दै आएका व्यक्तिहरू रहेको खुलेको छ ।उनीहरू सबै ज्यामी काम गर्नेहरू हुन् ।

नियन्त्रणमा रहेका एक जनाले दाहालले बिहानीपख रगत वान्ता प्रहरी समक्ष बताएका छन् ।

प्रतिक्रिया दिनुहोस