ताप्लेजुङ। ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले ७० वर्ष माथिका आंशिक वा पूर्ण रूपमा दाँत नभएका ज्येष्ठ नागरिकलाई निःशुल्क दन्त उपहार प्रदान गर्ने भएको छ।
पूर्वाञ्चल डेन्टल हस्पिटल प्रालि, इटहरीको सहकार्यमा बुधबारदेखि दन्त परीक्षण गरी पूर्ण वा आंशिक रूपमा दाँत उपलब्ध गराइने निमित्त प्रमुख प्रशासकीय अधिकृत समीर प्रधानले जानकारी दिए । दक्ष दन्त चिकित्सकमार्फत सेवा प्रदान गरिने पालिकाले जनाएको छ ।
पालिकाले प्रत्येक वडामा शिविर सञ्चालन गर्ने जनाएको छ । फागुन ७ गते वडा नम्बर १ (निघुरादिन), ८ गते वडा २ (फूलबारी), ९ गते वडा ३ (हाङपाङ)मा सेवा प्रदान गरिनेछ । त्यसैगरी, फागुन १० र ११ गते वडा ४ (चाँगे) र वडा ५ कार्यालय भवनमा शिविर सञ्चालन हुनेछ ।
लाभग्राहीले नेपाली नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य रूपमा पेश गर्नुपर्ने गाउँपालिकाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ फागुन २०८१, १२ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा