जलवायु न्याय नेपालका लागि निकै महत्त्वपूर्ण विषय हो : वनमन्त्री शाही

सफल खबर संवाददाता

शुक्रबार, ०२ फागुन २०८१, ११ : ४९
जलवायु न्याय नेपालका लागि निकै महत्त्वपूर्ण विषय हो : वनमन्त्री शाही

काठमाडौँ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु न्याय नेपालका लागि निकै महत्त्वपूर्ण विषय भएको बताएका छन् । पोखरा विश्वविद्यालय स्कुल अफ इन्भारोमेन्ट साइन्स एन्ड म्यानेजमेन्टले शुक्रवार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा मन्त्री ठकुरीले विकसित देशहरूका कारण नेपालले जलवायु परिवर्तनको असर भोग्नुपरेको भन्दै जनवायु न्याय नेपालका लागि निकै महत्त्वपूर्ण विषय भएको बताएका हुन् । 

उनले उच्च हरित गृह उत्सर्जन गर्ने देशहरूले जलवायु न्यायका लागि गरेका प्रतिबद्धतालाई अक्षरशः पालना गरेको नदेखिएको उल्लेख गरे  । उनले अहिले जलवायु वित्त प्रवाहका लागि स्थापित भएका अन्तर्राष्ट्रिय कोषहरूबाट नेपालले लाभ लिन सक्नुपर्ने धारणा राखे । मन्त्री ठकुरीले अन्तर्राष्ट्रिय कोषहरूबाट आएको सहयोगको सही परिचालन गरी आयोजनाहरूलाई सफल बनाउन जरुरी रहेको जिकिर गरे । नेपाललाई जलवायु परियोजनासँग जोड्नका लागि अझै धेरै काम गर्नुपर्ने उनको भनाइ छ । 

उनले जलवायु परिवर्तनबाट सिर्जित वायु प्रदूषण प्रेरित असर न्यूनीकरण र नियन्त्रणका लागि मन्त्रालयले थप नीतिगत र संस्थागत सुधारका कामलाई प्रभावकारी ढङ्गले अघि बढाइरहेको जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस