जनक शिक्षा सामग्री केन्द्रको प्रबन्ध सञ्चालक पदका लागि दरखास्त आह्वान

सफल खबर संवाददाता

मंगलबार, २९ माघ २०८१, १२ : २७
जनक शिक्षा सामग्री केन्द्रको प्रबन्ध सञ्चालक पदका लागि दरखास्त आह्वान

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडको प्रबन्ध सञ्चालक पदका लागि दरखास्त आह्वान गरेको छ ।  मन्त्रालयले आज एक सूचना जारी गर्दै जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडको प्रबन्ध सञ्चालक पदका लागि दरखास्त आह्वान गरेको हो ।

योग्यता भएका इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र कार्यालय समयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरवारको प्रशासन महाशाखामा आवेदन दिन सकिने मन्त्रालयले जनाएको छ ।

हेर्नुहोस् सूचना :

 

 

प्रतिक्रिया दिनुहोस