काठमाडौ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समिति बैठक फागुन १८ गते सुरु हुने भएको छ ।
यस अघिको समय परिवर्तन गरी आगामी फागुन १८, १९ र २० गते काठमाडौँमा बस्ने गरी पार्टीको केन्द्रीय समितिको बैठक आह्वान गरिएको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
बैठकमा भदौ महिनादेखि पार्टीले सञ्चालन गरेको ‘जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियान’ को समीक्षा हुने बताइएको छ । बैठकमा पालिका समितिको जिम्मेवारीमा खटाइएका केन्द्रीय अभियन्ताहरुले आ–आफ्नो कार्यक्षेत्रमा भएका कार्यप्रगति विवरणको प्रतिवेदन प्रस्तुत गर्ने छन् ।
त्यसैगरी वर्तमान राजनीतिक परिस्थिति र पार्टीको सङ्गठनात्मक कार्ययोजनालगायतका एजेण्डामा बैठक केन्द्रित हुने बस्नेतले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ माघ २०८१, ०९ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारले भूमिसम्बन्धी अध्यादेश फिर्ता लिनुपर्ने जसपा नेपालको अडान
जसपा नेपालको संसदीय दलको बैठक बस्दै
जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज पनि
जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक आज
जसपा नेपालको कार्यकारिणी समिति बैठक भोलिदेखि
जसपा नेपालको ३ केन्द्रीय विभागमा पदाधिकारी चयन