काठमाडौँ । भक्तपुरबाट तीर्थयात्री बोकेको बस धादिङमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा २३ जना घाइते भएका छन् । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ ।
भक्तपुरबाट चितवनको देवघाट तर्फ जाँदै गरेको बा ३ ख ८९२३ नं.को बस आफै अनियन्त्रित भई आइतबार राति करिब १० बजेको समयमा धादिङको थाक्रे गाउँपालिका-७ सातकिलास्थित पृथ्वीलोकमार्गमा दुर्घटना भएको थियो । दुर्घटनामा परेर दोलखा भिरकोट गाउँपालिका बस्ने ५० वर्षीय पार्बती काफ्ले नेपाल प्रहरी अस्पताल महाराजगन्जमा उपचारको क्रममा मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ । ।
यस्तो छ घाइते तथा मृतकको सूची :
साइबाबा अस्पताल धार्के धादिङमा उपचारार्थ घाइते:-
१) बस चालक जि.दोलखा बस्ने वर्ष ३६ को जित ब.मगर (९८६१७५८३९०) टाउको/हातमा चोट,अवस्था मध्यम ।
बाँसबारी न्युरो अस्पताल काठमाडौँमा उपचारार्थ घाइते:-
१) जिल्ला ललितपुर बस्ने वर्ष ५३ कि शान्ता अधिकारी टाउकोमा चोट अवस्था गम्भीर ।
२) जिल्ला काठमाडौँं जोरपार्टी बस्ने वर्ष ६८ कि जानुका हुमागाईँ टाउकोमा चोट अवस्था गम्भीर ।
३)जि.काठमाडौँं जोरपाटी बस्ने शिव प्रसाद हुमागाईँ टाउकोमा चोट,अवस्था मध्यम ।
४)जि.काठमाडौँं जोरपाटी बस्ने वर्ष ४२ को समिता हुमागाईँ,मुखमा चोट,अवस्था सामान्य,(९८४९३१२९६९) ।
५)जि.ललितपुर महालक्ष्मी बस्ने वर्ष ४६ कि पबित्रा रावत,टाउको/हातमा चोट,अवस्था मध्यम ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ माघ २०८१, ०९ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्कार्पियो र ट्रक ठोकिँदा ५ जना गम्भीर
मेक्सिकोमा बस र ट्रक ठोक्किँदा आगलागी, ४१ जनाको मृत्यु
नारायणगढ–मुग्लिङ सडकखण्डमा बस दुर्घटना, २२ जना घाइते
सिन्धुलीमा गाडी दुर्घटना : एकको मृत्यु, ५ घाइते
फिस्लिङ नजिक कार र ट्रक ठोक्किए
तनहुँमा ग्याँस बुलेट पल्टिँदा चालकको मृत्यु