काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेले अध्यादेशको पक्षमा उभिन सांसदहरूलाई ह्विप लगाएका छन् । राष्ट्रिय सभामा एमालेका प्रमुख सचेतक भगवती न्यौपानेले अध्यादेशको पक्षमा उभिन भनिएको जानकारी दिइन् । ‘अध्यादेशको पक्षमा उभिन भनेर ह्विप लगाइएको छ’ उनले जानकारी दिइन् ।
राष्ट्रिय सभाको बैठक दिउँसो १ बजेर १५ मिनेटमा बस्दैछ । जहाँ सरकारले संसद् अधिवेशन नरहेका बेला ल्याएका अध्यादेश निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
मन्त्रिपरिषदको सिफारिसमा गत पुस १४ गते राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ जारी गरेका थिए ।पुस २९ गते थप चार वटा अध्यादेश जारी भएको थियो । माघ २ गते अर्को एउटा अध्यादेश जारी गरेको थियो । ६ वटै अध्यादेश दुवै सदनमा प्रस्तुत भइसकेको छ ।
बिहीबार दुवै सभामा सबै अध्यादेशहरू निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ । न्यौपानेका अनुसार कांग्रेस र एमाले दुवै दलले आफ्ना सांसदलाई संसद्मा अनिवार्य उपस्थित हुन र अध्यादेशको पक्षमा मतदान गर्न ह्विप लगाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ माघ २०८१, ११ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संघीय व्यवस्थालाई मितव्ययी बनाउन संविधान संशोधन जरुरी देखियो : सांसद आचार्य
लोडसेडिङबारे मन्त्री र कुलमानले फरक-फरक सूचना दिइरहेका छन्, सरकारले रोक्नुपर्छ : ठाकुर गैह्रे
प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यसूचीबाट हटाउन माग
काठमाडौंबाट २५ करोड बरामद भएको घटनामा निष्पक्ष छानबिन गर्न सांसदको माग
सिंहदरवारमा कर्मचारी थुपारेर देशको विकास हुदैँन् : प्रेम सुवाल
पर्फमेन्स दिन नसक्ने मन्त्रीहरू राखिराख्न आवश्यक छैन : रघुजी पन्त