गाडी किन्न सांसदले माग्यो थप बजेट

पत्रपत्रिकाबाट

विहीबार, १५ कार्तिक २०७५, ०७ : २२
गाडी किन्न सांसदले माग्यो थप बजेट

संघीय संसद् सचिवालयले पदाधिकारी र समिति सभापतिलाई महँगा गाडी किन्न सरकारसँग करोडौँ रकम मागेको छ । 

चढिरहेको गाडी पुराना भएको भन्दै अर्थ मन्त्रालयमा थप बजेट माग प्रस्ताव पठाएको हो । 

सचिवालयले वार्षिक बजेटभन्दा बाहिरबाट रकम मागी गाडी, मोटरसाईकल र कम्प्युटर खरिद गर्न लागेको हो । 

राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सेना, उपसभामुख शिवमाया तुम्बाहाम्फे, राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहालका लागि नयाँ गाडी किन्न लागेको सचिवालयले जनाएको छ ।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ । 

प्रतिक्रिया दिनुहोस