विरोध प्रदर्शन चर्किएपछि सर्बियाका प्रधानमन्त्रीले दिए राजीनामा

सफल खबर संवाददाता

बुधबार, १६ माघ २०८१, ०८ : ५३
विरोध प्रदर्शन चर्किएपछि सर्बियाका प्रधानमन्त्रीले दिए राजीनामा

एजेन्सी । सर्बियाका प्रधानमन्त्री मिलोस वुसेविकले पदबाट राजीनामा दिएका छन्।

उनीविरुद्ध नोभेम्बरदेखि नै प्रदर्शन भइरहेको थियो परिस्थिति थप जटिल नबनोस् भनेर प्रधानमन्त्री पदबाट राजीनामा दिएको वुसेविकले बताएका छन्।

गत नोभेम्बरमा सर्बियाको दोस्रो ठूलो सहर नोभी सादमा रहेको रेलवे स्टेसनको एक भाग भत्किँदा १५ जनाको मृत्यु भएको थियो।

त्यसयता दैनिक विरोध प्रदर्शन भइरहेको थियो। प्रदर्शनका क्रममा अहिलेसम्म कम्तीमा १२ जना पक्राउ गरिएको बीबीसीले जनाएको छ। 

यसअघि सर्बियाका निर्माण मन्त्रीले पनि राजीनामा दिएका थिए। तर उनले यसका लागि आफू जिम्मेवार नभएको जिकिर गरिरहेका छन्। 

युरोपेली महादेशको एक देश सर्बिया यस विरोधका कारण निरन्तर छलफलमा छ।

प्रतिक्रिया दिनुहोस