पिट हेगसेथ अमेरिकाको नयाँ रक्षामन्त्री हुने

सफल खबर संवाददाता

शनिबार, १२ माघ २०८१, १२ : ३१
पिट हेगसेथ अमेरिकाको नयाँ रक्षामन्त्री हुने

काठमाडौं। पीट हेगसेथ अमेरिकाको नयाँ रक्षामन्त्री हुने भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मनोनित गरेका हेगसेथ नयाँ रक्षामन्त्री हुने अमेरिकी सिनेटले पुष्टि गरेको बीबीसीले जनाएको छ ।

यसअघि दुर्व्यवहारको आरोप लागेपछि उनी रक्षामन्त्री हुनेमा शंका उत्पन्न भएको थियो । पिट हेगसेथलाई रक्षा मन्त्रीको रूपमा चयन गर्ने प्रक्रियाको क्रममा यौन उत्पीडनको आरोप लागेको थियो । जसलाई उनले भने अस्वीकार गरेका छन् ।

तीन रिपब्लिकन सिनेटरहरूले पीट हेगसेथको विपक्षमा मतदान गरेका थिए । एक पूर्व सैनिक तथा फक्स न्यूज च्यानलका होस्ट होस्ट रहिसकेका हेगसेथले लगभग तीन लाख कर्मचारी र ८४८ अर्ब डलर बजेट रहेको मन्त्रालयको नेतृत्व गर्ने छन् । 

प्रतिक्रिया दिनुहोस