युवा संघको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि

सफल खबर संवाददाता

शनिबार, १२ माघ २०८१, ०८ : ०३
युवा संघको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि

काठमाडौं । नेकपा एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि सुरु हुँदैछ ।

काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा हुने भेलाको प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्‌घाटन गर्ने कार्यक्रम छ ।

शिक्षा, रोजगार, उद्यमशीलता तथा सामाजिक न्याय, समावेशिता र नवीनतामा आधारित योजनाहरूलाई अगाडि सार्दै युवालाई नीति निर्माणमा सहभागि गराउने उद्देश्यले भेला आयोजना गरेको युवा सङ्घका महासचिव सुमन पुरीले जानकारी दिए ।

यस्तै, भेलाले वर्तमान समयमा युवा पुस्तालाई विदेश पलायन हुनबाट रोकी स्वदेशमा नै रोजगारी तथा आत्मनिर्भर बनाउने विभिन्न उपायहरू खोजी गर्नेछ ।

भेलामा १ हजार ७ सय भन्दा बढी प्रतिनिधिले सहभागिता जनाउने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस