समाजवादी प्रेस संगठनमा विशेष महाधिवेशन माग

सफल खबर संवाददाता

विहीबार, १० माघ २०८१, १३ : ३२
समाजवादी प्रेस संगठनमा विशेष महाधिवेशन माग

काठमाडौँ । समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदी र महासचिवले रामकुमार एलनले संगठन छाडेपछि विशेष महाधिवेशनको माग उठेको छ ।

माघ ६ गते नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा सम्पन्न संगठनका पदाधिकारी, संस्थापक, सल्लाकार र उपलब्ध केन्द्रीय कमिटी सदस्यहरूको बैठकमा केन्द्रीय सदस्य धनराज वास्तविकले आगामी असोजभित्र विशेष महाधिवेशन गरेर संगठनलाई एकजुट र मजबुत बनाउन माग गरेका हुन् ।

‘संगठन अहिले गम्भीर संकटको सामना गरिरहेको छ । वर्तमान केन्द्रीय पदाधिकारी टिमले यसको निकास दिनु पहिलो कर्तव्य हो’, वास्तविकले लिखित प्रस्ताव पेस गर्दै भनेका छन्, ‘संगठनका निर्वाचित अध्यक्ष र महासचिवले नै संगठन छोडिसकेको अवस्थामा हाम्रो संगठनलाई नयाँ ढङ्गले अगाडि लैजानका निम्ति नयाँ नेतृत्व चयन गर्न अनिवार्य हुन्छ । त्यसैले केन्द्रीय कमिटी बैठकले विशेष महाधिवेशनको मिति तय गर्नुपर्छ ।

उनले आगामी २०८२ असोजभित्र विशेष महाधिवेशन सम्पन्न गर्न सकिएको खण्डमा राम्रो हुने प्रस्ताव गरेका छन् । हाल समाजवादी प्रेस संगठनको कार्यबहाक अध्यक्ष नवराज छतकुली र महासचिव प्रेम गौतम तोकिएका छन् ।

प्रतिक्रिया दिनुहोस