भूमि आयोगको रसुवाको अध्यक्षमा उपाध्याय

सफल खबर संवाददाता

मंगलबार, ०१ माघ २०८१, १३ : २४
भूमि आयोगको रसुवाको अध्यक्षमा उपाध्याय

काठमाडौँ । भूमि समस्या समाधान आयोग, जिल्ला समिति रसुवाको अध्यक्षमा जनकजीवन उपाध्याय नियुक्त भएका छन् । भूमि समस्या समाधान आयोग गठन आदेश, २०८१ को दफा ८ को उपदफा १ को खण्ड क बमोजिम उनलाई भूमि व्यवस्था तथा सहकारी निवारण मन्त्रालयले  अध्यक्ष नियुक्त गरेको हो ।

मन्त्रीस्तरको पुस २९ को निर्णयानुसार नियुक्त भएसँगै उपाध्यायलाई विभागीय मन्त्री बलराम अधिकारीले पद तथा गोपनीयताको शपथ ग्रहण गराइसकेका छन् ।

उपाध्याय रसुवाका पुराना कांग्रेस नेता हुन् । २०४६ सालको जनआन्दोलनका बेला उनी काठमाडौँको पिपुल्स क्याम्पस जनआन्दोलन परिचालन समितिका संयोजक थिए । सो क्याम्पसका नेविसंघ अध्यक्ष उनी त्यसपछि रसुवा नेविसंघ अध्यक्ष भए ।

पछि तरुण दल रसुवाका सभापति बनेका उनी रसुवा कांग्रेसको नेतृत्वमा निरन्तर रहे । कुनै बेला गरिबसँग विश्वेश्वर कार्यक्रम रसुवाका संयोजक समेत रहेका उनी बौद्धिक नेता, प्रखर वक्ता र कुशल संगठकका रूपमा परिचित छन् ।

प्रतिक्रिया दिनुहोस