शीतलहरले दाउन्ने सडकमा एकतर्फी यातायात सञ्चालन

सफल खबर संवाददाता

बुधबार, २४ पुस २०८१, १० : १०
शीतलहरले दाउन्ने सडकमा एकतर्फी यातायात सञ्चालन

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको दाउन्ने सडक खण्डमा हुस्सु र शीतलहरका कारण सवारी साधन आवागमनमा समस्या भएको छ ।

निर्माणाधीन नारायणगढ–बुटवल सडक विस्तारको क्रममा सडकमा उकालो र ओरालोमा शीतलहरले बाटो चिप्लो भएको र बाक्लो हुस्सुले अगाडिको सवारी नदेखिने अवस्था छ । 

बर्दघाट नगरपालिका–४ खुर्सानी खोलास्थित पूर्व–पश्चिम राजमार्गमा हुस्सु तथा शीतलहरको कारण बाटो चिप्लो भएर बुधबार बिहानदेखि दुईतर्फी सडक अवरुद्ध भएको थियो । 

अहिले एकतर्फी यातायात सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी रेशम बोहोराले बताए ।

प्रतिक्रिया दिनुहोस