काठमाडौं । आइतबारदेखि सुरू भएको जय ट्रफी मेन्स एलिट कप २०८१ अन्तर्गत सोमबार दोस्रो दिनको खेल भइरहेको छ । पर्साको वीरगन्जमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबको खेलमा लन्च ब्रेक भएको छ । पुलिस पहिलो इनिङमा अलआउट भएपछि आर्मीले दोस्रो इनिङ सुरू गरेको छ ।
पुलिसले ७ विकेटको क्षतिमा १०३ रनको अवस्थाबाट खेल सुरू गरेकोमा त्यसपछि २२ रन जोड्दा अलआउट भएपछि ४ रनको अग्रता बनाएको थियो । पुलिसका गुल्शन झाले सर्वाधिक ४७ रन बनाए । आर्मीका साहब आलम एक्लैले ८ विकेट लिँदा सोमपाल कामी र पवन कार्कीले १-१ विकेट लिएका थिए ।
जवाफमा ४ रनले ट्रेल गरेको आर्मीले लन्चसम्म ४ विकेट गुमाएर ७५ रन बनाएको छ र ७१ रनको अग्रता कायम गरेको छ । आर्मीका तृत राज दास २९ र सोमपाल कामी १५ रन बनाएर खेलिरहेका छन् । पुलिसका गुल्शन झाले ३ तथा राशिद खानले १ विकेट लिएका छन् ।
त्यसअघि ललित राजवंशी एक्लैले ७ विकेट लिएपछि टस हारेर पहिले ब्याटिङ गरेको आर्मी ३४.४ ओभरमा १२१ रनमा समेटिएको थियो । कुशल मल्लले सर्वाधिक २५ रन बनाए भने भीम सार्कीले २२ र कप्तान विनोद भण्डारीले २१ रन बनाए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ पुस २०८१, १२ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पुलिसविरुद्ध आर्मी १२१ रनमा अलआउट
एलिट कप सुरु, मधेश र आर्मीले पहिला ब्याटिङ गर्दै
एलिट कप : आरिफ शेखको कप्तानीमा पुलिस क्लबको टोली घोषणा